नेकपा अध्यक्षद्वय ओली प्रचण्डबीच भेटवार्ता

मङ्लबार, बैशाख १६, २०७७



काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीसँग भेटवार्ता गर्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । नेकपा भित्र पछिल्लो समय देखा परेको आन्तरिक विवादबारे छलफल हुने जनाइएको छ ।

सरकारले ल्याएका विवादित दुई अध्यादेश फिर्ता गरे पनि त्यसबारे पार्टी भित्र चर्को असन्तुष्टि देखिएको छ । केही दिन यता नेकपाका शीर्ष नेतृत्बबीच भेटवार्ता भइरहेको छ ।

प्रधानमन्त्रीको कार्यकुशलता माथि प्रश्न चिन्ह उठाउँदै केही शीर्ष नेताहरूले अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने अभिव्यक्ति दिँदै आएका छन् । स्थायी कमिटी बैठक र सचिवालय बैठक तत्काल आव्हान गर्न नेताहरूले आग्रह गरेका छन् । तर आज बोलाइएको सचिवालय बैठक भने अनिश्चित जस्तै देखिएको नेकपाका एक नेताले जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments