ओली-प्रचण्डबीच भेटवार्ता

वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने बारे छलफल हुने

सोमवार, फाल्गुन १२, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।  सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक सवालमा छलफल भएको जनाइएको छ ।

 निर्वतमान सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा कमिसनबारे गरेको डिलिङको अडियो बाहिरिएपछि बाँस्कोटामाथि थप छानविन गर्ने बारे छलफल हुने नेकपा स्रोतले जनाएको छ । साथै संविधान संशोधन गरेर पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने चर्चा चलिरेका बेला दुवै अध्यक्षले यस विषयमा पनि छलफल गर्दै निष्कर्ष निकाल्ने जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments