ओली-प्रचण्डले गरे आकस्मिक भेटवार्ता

बिहिबार, फाल्गुन ८, २०७६



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आकस्मिक भेटवार्ता भएकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि एक एजेन्टसँग गरेकाे अश्लील संवाद र कमिसन सहितकाे अडियो सार्वजनिक भए लगत्तै अध्यक्षद्वयले भेटवार्ता गरेका हुन ।

मन्त्री बास्कोटाले एक स्विस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएसँगै सरकारको चौतर्फी आलोचना भएको छ । अध्यक्षद्वयको भेट पश्चात् सरकारको आधिकारीक धारणा आउन सक्ने स्रोतले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments