सभामुख चयन गर्न ओली- प्रचण्डको भेटघाट जारी

आइतवार, माघ ५, २०७६



काठमाडौँ । निवर्तमान सभामुख कृष्ण बहादुर महरा बलात्कारको अभियोग लागेसँगै रिक्त रहेकाे सभामुख चयन गर्न सत्तारुढ दल भित्र सकस देखा परेको छ ।  सभामुख चयनका लागि आइतबार बिहानदेखि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको भेटवार्तामा आज सभामुख बारे टुङ्गो लाग्ने जनाइएको छ ।

संसद्को हिउँदे अधिवेशन बोलाएको महिना दिन बितिसक्दा समेत सभामुखको टुङ्गो नलाग्दा संसद् बैठक सूचना टाँस गर्दै स्थगित हुँदै आइरहेको छ ।  तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच सत्ता साझेदार सँगै बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकतापछि एउटै दलको सभामुख र उपभामुख बन्न नपाउने संवैधानिक व्यवस्था रहेको छ ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले आफू दलको सदस्य नरहेको भन्दै राजीनामा नदिने अडानका कारण नेकपामा थप जटिलता थपिएको छ । नेकपा सचिवालय बैठकले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गर्न गरेको निर्णयको उनले विरोध जनाउँदै आएकी छिन ।  लामो समय देखी स्थगित संसद् बैठक सोमबार बोलाइएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदलाई बन्धक बनाएको भन्दै विरोध जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments