नेकपा अध्यक्षद्वय ओली-प्रचण्डबीच भेटवार्ता

बजेट एजेन्डामा नेकपाका सांंसदहरू कसरी प्रस्तुत हुने भन्रे बारे अध्यक्षद्वयबीच सहमति

शुक्रबार, बैशाख २६, २०७७



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, नेकपा स्थायी कमिटीको बैठक लगायतका विषयमा छलफल भएको जनाएको छ । साथै आजबाट शुरु हुने संसदको बजेट अधिवेशनका बारेमा थप रणनीति बारे छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सपकोटाले जानकारी दिएका छन ।

बजेट अधिवेशनमा नेकपाका सांंसदहरू कसरी प्रस्तुत हुने भन्ने एजेन्डा  अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तय गर्ने सहमति भएको छ । संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे दुई अध्यक्षले सांसदहरूलाई पत्र दिने जनाइएकाे छ ।

यसबारे प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, नेताहरू सुवासचन्द्र नेम्वाङ, खिमलाल भट्टराई, देव गुरुङ, दीनानाथ शर्मा, शान्ता चौधरीलगायत बसेर टुंग्याएको स्रोतले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments