खनालका अगाडि गले ओली

शनिबार, अशोज २१, २०७४



काठमाडौँ । एमाले वरिष्ठ नेता झलनाथ खनाललाई तीन पार्टी एकता संयोजन समितिमा थपिने भएको छ। पार्टी कार्यालय, धुम्बाराहीमा शनिबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष केपी ओलीले त्रुटीका कारण खनालको नाम छुटेको भन्दै संयोजन समितिमा खनालको नाम थपिने प्रष्टिकरण दिएका हुन् ।

‘वरिष्ठ नेता झलनाथ खनाललाई समिति नराखिएको भन्दै पार्टीका नेता कार्यकर्ताहरुबाट अध्यक्ष ओलीको आलोचना  भएको थियो । खनाल समुहले स्थायी समिति बैठकमा अध्यक्षको मनोमानी चल्न नदिने चेतावनी दिएपछि  ओलीले प्राविधिक कारण देखाएर खनाललाई संयोजन समितिमा राख्ने बताएका थिए ।

अध्यक्ष ओलीकै चाँजोबाँजोमा पुर्व पार्टी अध्यक्ष तथा पुर्वप्रधानमन्त्री खनाललाई अपमानित गर्ने कार्य अमान्य रहेको खनाल समुहको आरोप थियो । ओली नै खनालको नाम अन्तिम समयमा काटेर महासचिव इश्वर पोखरेलको नाम राखेका थिए ।

वाम प्रगतिशील राष्ट्रवादी गठबन्धनको तीन पार्टी एकता संयोजन समितिमा नराखिएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल असन्तुष्ट थिए । उनी गत १७ गते तीन पार्टीको एकता घोषणापछिको संयोजन समिति बैठकमा सहभागी थिएनन् ।

1321 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank