जनयुद्ध दिवसमा नेकपाले गरेको कार्यक्रममा गएनन् ओली

बिहिबार, फाल्गुन १, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीले आयोजना गरेको ‘जनयुद्ध दिवस’मा अनुपस्थित भएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए भने ओली कार्यक्रममा उपस्थित भएनन् ।

तत्कालीन माओवादी र एमालेबीच पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी बनेपछि सो पार्टीले जनयुद्ध दिवसको स्मरणमा जनआन्दोलन र जनयुद्धका सहिदहरुको स्मरणमा पार्टी कार्यालय धुम्बाराहीमा विशेष कार्यक्रमको आयोजना गरेको भएपनि ओली सहभागी नभएका हुन् ।

यस अघिसम्म प्रधानमन्त्रीको सचिवालयले ओली पनि कार्यक्रममा उपस्थित हुने जनाएको थियो । गत वर्ष पनि ओली जनयुद्ध दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका थिएनन् ।

तत्कालीन माओवादीले ‘जनयुद्ध’ थालनी भएको दिन फागुन १ लाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणपछि जनआन्दोलन र जनयुद्धमा सहिद भएकाहरूको स्मृतिका रूपमा मनाउन थालिएपनि ओली सो कार्यक्रममा सहभागी नभएका हुन् ।

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेललगायत सहभागी छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments