ओली सरकारप्रति शेयर लगानीकर्ता उत्साहित, सबै समूहमा हरियाली

बिहिबार, फाल्गुन ३, २०७४



काठमाडौँ । शेरबहादुर देउवाले राजीनामा दिएर केपी ओली प्रधानमन्त्री नियुक्त भएसँगै शेयर बजारमा उल्लेख्य सुधार आएको छ । नयाँ सरकारप्रति लगानीकर्ताहरु बढी नै आसावादी हुँदा नेप्से तथा कारोबार रकममा उच्च रुपमा बढोत्तरी आएको छ भने धेरै पछि सबै समूहमा हरियाली छाएको छ ।

बजार खुले लगत्तै निरन्तर उकालो लाग्न थालेको बजार पहिलो २० मिनेटमा नै १७ अंक बढीले उकालो लागेको थियो । त्यसपछि बजारको वृद्धि केही थामिन खोजेपनि विस्तारै उकालो लागेर २.५९ प्रतिशतले बढेर बजार बन्द भएको छ ।

कारोबारमा आएका सबै समूहमा हरियाली छाउदा विहीबार नेप्से परिसूचक ३६.०१ अंकले बढेर १४२४.९५ अंकमा पुगेको छ । १६५ कम्पनीको कारोबार भएको बजारमा ६६ करोड ३९ लाख बढीको शेयर किनबेच भयो ।

नेप्सेका अनुसार आज १६५ कम्पनीको १५ लाख छ हजार ६३४ कित्ता शेयर रु ६६ करोड ३९ लाख ५६ हजार २४९ मूल्यमा खरिद बिक्री भएको हो । अधिकांश परिसूचक आज उकालो लागेकाले धितोपत्र बजारसमेत सकारात्मक रुपमा अगाडि बढेको हो । बैंकिङ ३१.३९, व्यापार ५.९९, होटल २२.९६, विकास बैंक ५५ं५, जलविद्युत् ४९.०४, फाइनान्स १७.५५, बीमा २१३.९५, उत्पादन ५०.७५, अन्य ७.३६ र माइक्रो फाइनान्स ६२.९१ बिन्दुले उकालो लागेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments