मोदीलाई स्वागत गर्न ओली जानकी मन्दिरमा

शुक्रबार, बैशाख २८, २०७५



काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न प्रधानमन्त्री केपी ओली जानकी मन्दिरमा पुगेका छन् ।  मोदीलाई  जनकपुर विमानस्थलमा भने रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गर्नेछन् ।

मोदी दुईदिने राजकीय भ्रमणका लागि शुक्रबार नेपाल आउँदै छन् । जनकपुर हुँदै काठमाडौं आएपछि मोदीले शुक्रबार साँझसम्म उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । मोदीले शुक्रबार बिहान जानकी मन्दिर तथा शनिबार मुक्तिनाथ एवं पशुपतिनाथ मन्दिर दर्शन गर्नेछन् ।

प्रधानमन्त्रीका रूपमा तेस्रोपटक नेपाल आउन लागेका मोदीको यो दोस्रो राजकीय भ्रमण हो । उनी साउन ०७१ मा राजकीय भ्रमणमा र मंसिरमा सार्कको १८औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा र ओलीले नै तोकेको मितिअनुसार मोदीको भ्रमण हुन लागेको हो ।

179 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank