ओली भेट्न देउवा पुगे अस्पताल

बुधबार, मंसिर ११, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन ।

सभापति देउवा बुधबार शिक्षण अस्पताल महाराजगञ्ज पुगेर प्रधानमन्त्रीको स्वास्थ्य बारे जानकारी लिएका हुन । देउवाले फेसबुक पेज मार्फत  शिक्षण अस्पताल महाराजगञ्ज सघन कक्षमा उपचार गराईरहनु भएका प्रधानमन्त्रीकाे स्वास्थ्य बारे जानकारी लिएकाे जनाएका छन ।

चिकित्सकका अनुसार प्रधानमन्त्रीकाे स्वास्थ्यमा उल्लेख्य सुधार आईरहेको उल्लेख गर्दै प्रधानमन्त्री  ओलीको शिघ्र स्वास्थ लाभको कामना गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata