ओली-प्रचण्डको छलफल बिना निष्कर्ष टुङ्गियो

मङ्लबार, पुस १५, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सम्पन्न भएको छ ।  मङ्गलवार भएको अध्यक्षद्वय ओली र प्रचण्डबीच सभामुख चयनका लागि छलफल भएको थियो । दुई घण्टा बढी छलफल भए पनि उनीहरूबीचको भेटवार्ता बिना निष्कर्ष टुङ्गिएको  छ ।

निवर्तमान सभामुख कृष्ण बहादुर महरा संसद् सचिवालयको एक महिला कर्मचारीलाई बलात्कार गरेको अभियोग लागेसँगै रिक्त रहेको सभामुख कसलाई बनाउने भन्नेबारे बैठक केन्द्रित रहेको स्रोतले जनाएको छ । सभामुख आफू निकट व्यक्तिहरूले पाउनु पर्ने अडानका कारण बैठक निष्कर्षमा नपुगेको जनाइएको छ ।

पुस ११ गते बोलाइएको प्रतिनिधि सभाको बैठक सभामुख चयनमा कुरा नमिलेको भन्दै स्थगित गर्न लगाइएको थियो । पूर्व एमाले र पूर्व माओवादी निकटहरूले आफ्नो पक्षधर नेताले सभामुख पद पाउनु पर्ने अडान र दबाब नेताहरूलाई दिँदै आइरहेका छन् ।

याे पनि पढ्नुहाेस

सभामुख चयनका लागि ओली र प्रचण्डबीच छलफल शुरु

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments