ओली र मोदीबीच टेलिफोन संवाद,कोरोना विरुद्धको लडाइलाई सशक्त बनाउन सहमत

शुक्रबार, चैत्र २८, २०७६



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसका विरुद्धको सहकार्य गर्न प्रधानमन्त्री ओलीले टेलिफोन संवाद गरेको जनाएका छन् ।

शुक्रवार प्रधानमन्त्री ओलीले ट्विट मार्फत भारतीय समकक्षी मोदी सँग टेलिफोन भएको जनाएका छन् । उनले भनेका छन् । कोरोना विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौँ । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौँ ।

साथै लकडाउनको समयमा सहज आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भएको उल्लेख गरेका छन् । भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि प्रधानमन्त्री ओलीले मेदीलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीकाे ट्वीट जस्ताकाे त्यस्तै

oli

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments