ओलीले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

बुधबार, पुस १६, २०७६



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेका छन् । अङ्ग्रेजी नयाँ वर्ष सन २०२० को अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन गर्दै शुभकामना प्रदान गरेका हुन ।

बुधवार प्रधानमन्त्री ओलीले ट्विट गर्दै २०२० मा नेपाल भारतबीचको विश्वसनीयता कायम गर्ने उल्लेख गरेका छन् । उनले बाँकी रहेका मुद्दाहरूको समाधान गरेर हाम्रा सम्बन्धहरूलाई अर्को तहमा पुर्‍याउन समान रूपले सफल हुनेछ भन्ने विश्वास व्यक्त गरेका छन् । साथै मैले नेपाल भ्रमणका लागि मोदीजीलाई  निमन्त्रणा गरेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीकाे ट्वीट जस्ताकाे त्यस्तै

pm oli

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments