प्रधानमन्त्री ओलीको अग्रीम बधाई, मोदीलाई

बिहिबार, जेष्ठ ९, २०७६



काठमाडौं । भारतीय लोकसभाको निर्वाचनको मतगणना जारी रहेको छ । मतगणना जारी भइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीको अग्रता रहेको छ ।

भारतीय जनतापार्टी र उनको गठबन्धनको भारी अग्रता रहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले माेदीलाई अग्रीम बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले बिहिबार एक ट्वीट गर्दै ‘लोकसभा चुनाव २०१९ मा प्रचण्ड जितका लागि प्रधानमन्त्री मोदीलाई बधाई दिएका हुन् । उनले ट्वीटमा लेखेका छन् ‘लोकसभा चुनाव २०१९ मा प्रचण्ड जितका लागि प्रधानमन्त्री मोदीजीलाई बधाई दिन चाहन्छु । साथै उहाँको दाेस्राे कार्यकालको सफलताको कामना गर्दछु । तपाईँसँग सहकार्य गरेर अघि बढ्ने आशा राख्दछु ।’

प्रधामन्त्री ओलीद्वारा जारी ट्वीट

kp oli

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank