‘प्रधानमन्त्री ज्यु राजिनामा दिएर आराम गर्नुहोस्’ – अध्यक्ष जबरा

शनिबार, चैत्र १, २०७६



काठमाडौं । रिपोर्टस क्लबमा आज भएको साक्षत्कारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आराम गर्न सल्लाह दिएका छन् ।  उनले प्रधानमन्त्री ओलीले आराम गर्ने बेला आएको बताएका हुन् ।

 उनले भने, “प्रधानमन्त्री स्वस्थ भएको अवस्थामा पनि मुलुकका लागि निभाउनुपर्ने कर्तव्य निभाउन सक्नु भएन । उहाँले राजीनामा दिन उचित हुनुपर्छ । उहाँलाई आराम गर्न दिने बेला पनि भएको हो । उहाँलाई आराम होस् भन्ने कामना गर्छु । आराम गर्न जे–जे गर्नुपर्छ गर्नुहोस् ।” प्रधानमन्त्री ओली स्वस्थ भएको अवस्थामा समेत मुलुकका लागि गर्नुपर्ने काम गर्न असफल भएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनु उचित हुने उनको सल्लाह थियो ।

अध्यक्ष जबराले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले व्यापक भ्रष्टाचार गरेको आरोप समेत लगाए । संवैधानिक अंगहरुको तोडमोड गरी राजनीतिकरण भएको, परराष्ट्र नीतिमा असन्तुलन आएको र जनतालाई करमाथि कर थुपारेको आरोप पनि लगाए । प्रधानमन्त्री ओली मात्रै नभएर कम्युनिष्ट पार्टी नै आफ्नो मुल कर्तव्यबाट चुकेको बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments