भारत तत्काल वार्तामा बस्‍नुपर्छ, कोरोना कारण देखाउन मिल्दैन: प्रधानमन्त्री ओली

बिहिबार, जेष्ठ १, २०७७



काठमाडौं । नेपाली भूमिमा भारतले अतिक्रमण गरेर सडक बनाएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल वार्ता गर्न भारत तयार हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उपस्थित पूर्वप्रधानमन्त्रीहरु, संसद प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु, पूर्वपराष्ट्रमन्त्रीहरु र सरकारका मन्त्रीहरुको राय सुनिसकेपछि प्रधानमन्त्री ओलीले नेपालको अन्तिम सीमा काली भएकोले यसमा कुनै विवाद नभएको बताएका छन् ।

“नेपालको पश्‍चिमी सीमा बिन्दु काली नदी भएकोमा दुई मत छैन । नेपाली भूमि भारतले अतिक्रमण गरेकोले फिर्ता ल्याउन पहल गर्नुपर्नेमा सम्पूर्ण राजनीतिक दलहरु एकमत छन् । कुटनीतिम संवादमार्फत यो समस्या समाधान गर्नुपर्ने सम्पूर्ण राय सकारात्मक छ ।” ओली निकट स्रोतले भनेको छ ।

सन् २०१९ मा भारतले राजनीतिक नक्सा जारी गरिसकेपछि मार्चसम्म लगातार वार्ताका लागि पहल गर्दा पनि तयार नभएकोसमेत प्रधानमन्त्री ओलीले बैठकलाई जानकारी गराएका थिए । उनले भने, “भारतले राजनीतिक नक्सा जारी गरिसकेपछि पटक-पटक वार्ताका लागि आह्वान गरिएको छ । भारत तयार भएको छैन । अहिले कोरोनालाई कारण देखाउँदै वार्ता सार्न खोजेको छ ।” प्रधानमन्त्री ओलीले पुर्खाले लडेर बचाएको भूमि अडेर फिर्ता ल्याउनेसमेत बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments