प्रधानमन्त्री ओली अस्वस्थ

सोमवार, माघ २७, २०७६



प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि आइतबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।

शनिबार दिउँसो मिर्गौलाको डायलासिस गरेका प्रधानमन्त्री ओलीलाई थप आराम आवश्यक परेपछि बैठक स्थगित भएको थियो।

नेकपा सचिवालयको बैठक आइतबार बिहान ११ बजे बस्ने भनिएको तय भएको थियो।

केन्द्रीय कमिटीले पास गरेका पार्टीका कार्ययोजना, राजनीतिक प्रतिवेदन तथा पार्टीको अन्य कार्यक्रमबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो। आइतबार नै अमेरिकी सहयोगअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पनि छलफल गर्ने कार्यतालिका थियो।

अस्वस्थ भएका कारण प्रधानमन्त्री ओली सरकारले आयोजना गरेको सगरमाथा संवादको पहिलो कार्यक्रममा समेत सहभागी भएनन्। सो कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका थिए। सम्मेलन काठमाडौंको याक एन्ड यती होटलमा आयोजना गरिएको थियो। नागरिक दैनिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments