जनअपेक्षा विफल हुन दिन्नौं : प्रधानमन्त्री

बुधबार, पुस १६, २०७६



प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने संकल्प गरेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले अंग्रेजी नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा सन्देश दिर्दैै राष्ट्रिय समृद्धितर्फका पाइला आउँदा दिनमा अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग देखिने गरी उचाइमा उठ्ने छ । जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने हाम्रो अभियान सार्थक बिन्दुमा पुग्ने छ ।’

उनले स्वदेश तथा विदेशमा रहेका नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै भनेका छन्, ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हाम्रा कदम थप अघि बढेका छन् । राजनीतिक संघर्ष र व्यवस्थापनको बहसबाट सिङ्गै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित भएको छ ।’

उनले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होसारका अवसरमा पनि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले तमु ल्होसार पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीका बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने अपेक्षा गरेका छन् । गोरखापत्र

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments