मन्त्रीपरिषद् सकेसम्म छिटो पुनर्गठन हुन्छ – प्रधानमन्त्री ओली

सोमवार, मंसिर २, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद् पुनर्गठनको अधिकार दिएको छ । आइतबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् पुनर्गठन र मन्त्रीको हेरफेर गर्ने अधिकार दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् सकेसम्म छिटो पुनर्गठन हुने बताएका छन् । सचिवालय सदस्यहरुले पनि मन्त्रिपरिषद् पुनर्गठन गर्दा सबैलाई समेटेर जान सुझाव दिएका थिए ।

सचिवालय सदस्य झलनाथ खनालका अनुसार प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्न सबैलाई समेट्न सुझाव दिइएको थियो । “प्रधानमन्त्रीले सकेसम्म छिटो पुनर्गठन गर्ने बताउनुभएको छ,” उनले भने,“हामीले सबैलाई समेटेर जानुस् भनेका छौं । भोलि नै हुन्छ भन्न सकिँदैन ।”

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार सोमबार नै पुनर्गठनको तयारी भएको छैन । “प्रधानमन्त्रीज्यूको सोमवार काठमाडौं बाहिर पनि कार्यक्रम तय भएको छ,” स्रोतले भन्यो । यसैगरी, बैठकले नेकपा प्रवास समन्वय कमिटीको इन्चार्जमा विन्दा पाण्डेलाई चयन गरेको छ । कमिटीको अध्यक्षमा युवराज चौलागाईं र सचिवमा श्रीप्रसाद साह चयन भएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata