प्रधानमन्त्री स्वास्थ्य परीक्षणका लागि आज अस्पताल जाँदै

शनिबार, कार्तिक ३०, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वास्थ्य परीक्षणका लागि ग्रान्डी अस्पताल जाँदैछन् ।

गत कात्तिक १२ र १३ गतेको उपचारको क्रममा मिर्गौलामा राखिएको स्टेन्ट झिक्न र नियमित स्वाथ्योपचारका लागि प्रधानमन्त्री अस्पताल जाने उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले १२ वर्ष अघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए । उनले गएको साउन र भदौमा सिंगापुरकोको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata