ओली भन्छन्, ‘११ प्रतिशतको आर्थिक वृद्धि गरेर देखाउँछु’

सोमवार, भदौ २, २०७६



प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालभित्र मुलुकको आर्थिक वृद्धिदरलाई ११ प्रतिशतसम्म पुर्याउने दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार संसदलाई सम्बोधन गर्ने क्रममा सरकारले राम्रो काम गर्दा पनि केही नगरेको आरोप लगाइने गरेको भन्दै गत वर्ष साढे सात प्रतिशतको आर्थिक वृद्धिलाई यो वर्ष साढे आठ र अर्कों वर्ष साढे ९ प्रतिशत पुर्याउने दाबी गरे ।

उनले अन्तिम वर्षमा यसलाई ११ प्रतिशतसम्म पुर्याएर देखाइदिने दाबी गरे । अहिले सम्भवतः विश्वका कुनै पनि मुलुकको आर्थिक वृद्धिदर ११ प्रतिशत छैन । ओलीले भने संसारकै कुनै पनि मुलुकले गर्न नसकेको काम गर्ने दाबी गरेका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata