७७ वर्षीया बृद्धा बलात्कृत

मङ्लबार, बैशाख १८, २०७५



झापा । इलामकी ७७ वर्षीया एक बृद्धा बलात्कृत भएकी छिन् । दक्षिणी इलामस्थित रोङ गाउँपालिका–१ कटहरेकी ती बृद्धा आफ्नै घरमा सुतिरहेका बेला राति बलात्कृत भएकी हुन् ।

बृद्धाका आफन्तका अनुसार, उनलाई आइतबार राति ११ बजेतिर एक व्यक्तिले मुख थुनेर बलात्कार गरेका थिए । घटनामा संलग्न व्यक्तिले बलात्कारपछि बृद्धाको जिब्रो चुँडाउने प्रयास गरेका थिए । बृद्धाको हाल झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । उनको जिब्रोको शल्यक्रिया गरिएको छ ।

बृद्धा बलात्कृत भएको खबर पाएपछि रोङ गाउँपालिका–१ का वडाध्यक्ष बुद्धिबहादुर ढकाल, गाउँपालिकाका प्रवक्ता सुवास तामाङ र प्रहरीको एउटा टोली अस्पतालसम्म आएर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको बुझिएको छ । प्रहरीले हालसम्म यस घटनामा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।

दुर्गम ठाउँ भएका कारण उपचारका लागि बृद्धालाई सोमबार बिहान १० बजे मात्र झापा ल्याइएको थियो । यद्यपि, हस्पिटलले निकै ढिलो गरी उपचार सुरु गरेको बताइएको छ । परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको पीडितकी छोरीले बताएकी छिन् ।

75 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank