ओखल्ढुङ्गामा अपाङ्ग खेलकुद

loading...

बुधबार, पुस २०, २०७३

काठमाडौं ।  नेपाल पारा ओलम्पिक कमिटी, नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघ र नेपाल अपाङ्ग टेबलटेनिस संघको संयुक्त आयोजनामा व्हीलचेयर बास्केटबल, क्रिकेट तथा टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि ओखल्ढुङ्गाको रुम्जाटारमा सुरु हुँदैछ ।

फरक क्षमता भएका व्यक्ति (अपाङ्गता) हरुले पनि विभिन्न खेल खेल्न सक्छन् भन्ने जनचेतना जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक मध्येको एक पारा ओलम्पिक कमिटीका महासचिव कुमार पौडेलले जनाएका छन् ।

प्रतियोगिताअन्तर्गत बास्केटबलमा ४ पुरुष र २ महिला टिम, क्रिकेटमा २ पुरुष टिम तथा टेबलटेनिसमा पुरुष÷महिला ८–८ गरी १६ खेलाडीको सहभागिता रहने बताइएको छ ।

पुस २३ गतेसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल टेलिकम, संसदीय विकास कोष समिति, हिमाल तराईं यातायात समिति, ओखल्ढुङ्गालगायतको सहयोग रहेको छ ।

696 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom