मानव जातीको लागी खुशीको खबर

बुधबार, कार्तिक २१, २०७५



ईक्वेडर । संयुक्त राष्ट्र संघको एक नयाँ रिपोर्टमा भनिएको छ कि पृथ्वी अब सुरक्षित बन्दै गइरहेको छ । पृथ्वीको सुरक्षात्मक ओजोन तह बिस्तारै पुरानो अवस्थातिर फर्कदै गरेको जनाइएको छ ।

सन १९७० पछी औधोगिक बिकासको निम्ती मानबबाट अन्धाधुन्ध प्रयोग गरिएको रसायन , जंगल फडानी र अटोमोबाईलको अधिक प्रयोग सँगै नष्ट हुँदै गएको ओजोन तह धेरै मेहनत पछी सुधार तर्फ बढदै गएको जनाइएको छ । वैज्ञानिकहरुको ठुलो चेतावनी पछी संसार भरकै सरकारहरु ओजोन तह नस्ट गर्ने रसायनको उत्पादन र प्रयोग गर्न घटाएको कारण वर्तमानमा अकल्पनिय सुधार आएको वैज्ञानिकहरुको दावी छ ।

ईक्वेडरको क्विटो शहरमा गत सोमवार भएको एक सम्मेलनमा जारी गरिएको वैज्ञानिक आंकलन अनुसार सन २०३० सम्ममा उत्तरी गोलार्धको माथिल्लो ओजोज तह पुरानो अवस्थामा फर्कने छ । सन २०६० सम्ममा अंटार्टिक ओजोन छिद्र पुर्णतया गायब हुनेछ । दक्षिण गोलार्धमा यो प्रक्रिया केही ढिलो भए पनि मानव जाती बिस्तारै सुरक्षित बन्दै गएको वैज्ञानिकहरुले जनाएका छन ।

पृथ्बीको बारेमा अध्ययन गर्ने नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टर प्रमुख वैज्ञानिकको तर्फबाट सह प्रमुखले भने , साँच्चीकै यो अत्यन्त राम्रो खबर हो । यदी ओजोनलाई समाप्त गर्ने तत्व बढेको भए मानव जातीको निम्ती भयावह प्रभाव परेको देख्न सकिन्थ्यो । हामीहरुले त्यस्तो सम्भावनालाई रोकी दिएका छौ । ओजोन पृथ्वीको वायुमण्डलको त्यो तह हो जसले हाम्रो पृथ्वीलाई खराब किरण ( यूवी किरण ) बाट बचाउने कार्य गर्दछ । यूवी किरण छालाको क्यान्सर , अन्नवालीको नोक्सान र अन्य समस्या निम्त्याउने कारण बन्न सक्छ।

162 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank