अकुपाई टुँडिखेल : आज साहित्यकारहरुद्वारा रचनात्मक विरोध

शनिबार, मंसिर ७, २०७६



काठमाडौं । अकुपाई टुँडिखेल अभियानको तेस्रो साता अन्तर्गत आज(शनिबार) साहित्यिक जमघट हुँदै छ । अभियानका संयोजक विजय श्रेष्ठले जानकारी दिएअनुसार आज विभिन्न साहित्यकारहरुले रचनात्मक ढंगले विरोध जनाउने छन् ।

सांस्कृतिक, प्राकृतिक, सामाजिक प्रत्याभूति गराउने टुँडिखेल हाल पार्किङ, अनाधिकृत बसपार्क, पसलहरु सञ्चालन गरेर मासिदै गएको भन्दै सम्पदाप्रेमीहरुले गत कात्तिकदेखि अकुपाई टुँडिखेल अभियान चलाउँदै आएका छन् । यसअघि कात्तिक २३ गते पहिलो चरणको विरोध स्वरुप मानव साङ्लो बनाएर टुँडिखेल संरक्षणको सन्देश दिइएको थियो ।

सो कार्यक्रममा पूर्वप्रधानमन्त्रीदेखि काठमाडौं महानगरपालिकाका उपमेयरसँगै विभिन्न क्षेत्रमा आवद्ध सर्वसाधारणहरुको उपस्थिति थियो । पछिल्लो हप्ता दोस्रो चरणको आन्दोलनको सूचिअनुसार टुँडिखेल भित्र बिरुवा रोपिएको थियो ।

कुनै समयमा एसियाकै ठूलो खुला मैदान मानिने टुँडिखेल अहिले साँघुरिँदै गएको छ । केही वर्षदेखि नेपाली सेनालाई समेत टुँडिखेल मिचेको आरोप लागेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata