अकुपाई टुँडिखेल : टुँडिखेल आज पनि मानवसाङ्लोले घेर्ने

शनिबार, कार्तिक ३०, २०७६



काठमाडौं । निरन्तर अक्रिमणको चपेटामा परेको राजधानीको फोक्सो अर्थात टुँडिखेल जोगाउन भन्दै अघिल्लो शनिबारदेखि शुरु भएको ‘अकुपाई टुँडिखेल’को दोस्रो चरणको कार्यक्रम आज(शनिबार) पनि हुँदैछ ।

निरन्तर तीन महिना आयोजना हुने उक्त अभियानअन्तर्गत टुँडिखेल मानवसाङ्लोले घेर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । ‘खुला ठाउँलाई खुलै राखौं’ भन्ने नाराकासाथ टुडिखेल बचाउने अभियान शुरु भएको हो ।

विभिन्न राजनीतिक दलका नेताहरु, पेशाकर्मी, नागरिक समाजका अगुवाका साथै सर्वसाधारणले पनि अभियानमा साथ दिएका छन् ।

अतिक्रमणबाट जोगाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले खुलामञ्च र रत्नपार्क क्षेत्रलाई मानवसाङ्लो बनाएर घेरिएको अभियन्ताहरूले बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata