ओबामालाई अमेरिकाले दिएन सरकारी निवास, भाडाको घरमा बस्ने

बुधबार, पुस २७, २०७३

loading...


एजेन्सी । अमेरिकाका वर्तमान राष्ट्रपति २० जनवरीदेखि भाडाको घरमा सर्ने भएका छन् । उनले राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पलाई हस्तान्तरण गरेसँगै उनले ह्वाइट हाउस छोड्नुपर्ने छ ।

ओबामाकी कान्छी छोरी १५ वर्षीया सासा ओबामाले वासिङटनस्थित हाइस्कुलमा अध्ययन गरिरहेकी छन् । अझै दुई वर्षसम्म उनको पढाइ वासिङटनमै हुने भएकाले ओबामाले एउटा भाडाको घर लिइसकेका छन् ।

मेरिकामा पूर्वराष्ट्रपतिलाई सरकारी आवासको सुविधा छैन । पूर्वराष्ट्रपति भएका कारण ओबामाले सिक्रेट सर्भिसको सुरक्षा भने पाउनेछन् ।

ओबामा बस्ने घरको वरिपरि पर्खाल लगाइन थालेको अमेरिकी सञ्चारमाध्यमले जानकारी दिएका छन् । उक्त घर सन् १९२८ मा बनेको बताइएको छ ।

1151 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv