अमेरिकाको पूर्वराष्ट्रपति ओबामाले लेखे कैदीलाई चिठ्ठी

मङ्लबार, असार ३१, २०७६



एजेन्सी । संयुक्त राज्य अमेरिकाको पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नो कार्यकालमा क्षमादान गरेको कैदीलाई हस्तलिखित पत्र पठाउँदै बधाइ दिएका छन् । ओबामाको निर्णय पश्चात् जेलमुक्त भएकी ड्यानिएल मेट्ज नामक महिला साउदर्न युनिभर्सिटीमा डिनको सूचीमा पर्न सफल भएसँगै  ओबामाले उनको प्रशंसा गर्दै पत्र लेखेका हुन् ।

सन् १९९३ मा २६ वर्षको उमेरमा मेट्जलाई उनको पतिको ड्रग रिङ सम्बन्धी मुद्दामा २० वर्ष अधिकको जेल सजाय भएको थियो । यस्तोमा ओबामाले आफ्नो कार्यकालमा सयौँ त्यस्ता कैदीहरुलाई क्षमादान गरि जेल मुक्त गराउँदा उनी पनि त्यसमा परेकी थिइन् ।

उनले हेचिनगर रिपोर्टमा यसअघि ओबामालाई धन्यवाद व्यक्त गर्न चाहेको भनि उल्लेख गरेकी थिइन् । उनले भनेकी हुन्, “तपाईँलाई थाहा छैन तपाईँले मेरा लागि के गर्नुभयो । अन्त्यमा मैले आफैँ केही गरेकी छु । मैले सम्मानजनक सूचीमा आफ्नो स्थान बनाएँ ।”

Obama sends letter to prisoner he freed, who made the dean's list: 'I am so proud of you'को लागि तस्बिर परिणाम

यसबारेमा सञ्चार माध्यम युएसए टुडेले उनको अभिव्यक्तिको जवाफमा ओबामाले बधाई दिँदै लेखेको पत्र प्रकाशित गरेको हो ।

पत्रमा ओबामाले लेखेका छन्, “मलाई तिमीमाथि गर्व छ  र म विश्वस्त छु कि तिम्रो उदाहरणले त्यस्ता धेरैमा सकारात्मक प्रभाव पार्नेछ जो जीवनमा दोस्रो मौकाको खोजीमा छन् । तिम्रा छोराछोरीलाई पनि मेरो तर्फबाट हेलो भनिदिनू र म सधैँ तिम्रो राम्रोको कामना गरिरहनेछु ।”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata