ट्रम्पद्वारा ओबामा प्रशासनको निर्णय खारेज, ९ हजार नेपालीले अमेरिका छाड्नुपर्ने

बुधबार, बैशाख १२, २०७५



काठमाडौं । अमेरिकी प्रशासनको एउटा निर्णयले अमेरिका भएका नेपालीले नेपाल फर्किनु पर्ने भएको छ । नेपालको भूकम्पसँग जोडेर अमेरिकी प्रशासनले गरेको निर्णय भूकम्प गएको तीन बर्ष पुगेकै दिन खारेज गर्ने खबर बाहिर आएको छ ।

टेम्प्रोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा लिएर बसोबास गरिरहेका नेपालीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देश छाड्नु पर्नेगरि निर्णय गर्दैछन् । अमेरिकी पत्रिका द वासिङटन पोष्टको अनलाइन संस्करणका अनुसार ट्रम्प सरकारले २०७२ बैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि तत्कालिन बराक ओबामा सरकारले गरेको निर्णय उल्टाउन लागेका हुन् ।

ओबामा प्रशासनले अमेरिकामा रहेका नेपालीहरुलाई टेम्प्रोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) दिएको थियो । ट्रम्प सरकारले नेपालीलाई दिइएको टीपीएस खारेज गरे लगभग ९ हजार नेपालीले अमेरिका छोड्नु पर्ने हुन्छ । पत्रिकाका अनुसार टीपीएस सुविधा लिने नेपालीहरुको संख्या पनि १५ हजार रहेपनि हाल मात्र ९ हजार जना अमेरिका भित्र रहेको देखिएकोे छ ।

नेपाललाई दिइएको टीपीएस सुविधा खारेज भए त्यस्तो सुविधा लिएर बसेकाहरुले एक वर्ष भित्र अमेरिका छोड्नुपर्ने हुन्छ । नेपालसँगै साल्भाडोरका २ लाख जनाको, हाइटीका ५० हजार जनाको र निकारागुवा र सुडानका केहीको टीपीएस खारेज गरी देश फिर्ताको प्रक्रिया सुरु गरिसकेको छ ।

210 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank