अरविन्द केजरीवालले दिल्लीमा हुने भनिएको आइपीएलमा लगाए रोक

शुक्रबार, फाल्गुन ३०, २०७६



एजेन्सी । कोरोना भाइरस( कोभीड-१९)को त्रासदी बढेसँगै विभिन्न खेल तालिका एवं खेल आयोजनाहरू पर सरेका छन् । कोभीड-१९ को कहर चल्दै जाँदा भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिकाको विरुद्ध सिरिजको दुई वटा (लखनऊ र कोलकता हुने) म्याच खाली स्टेडीयम गराउने घोषणा गरिसकेको छ ।

यस्तै आगामी २९ मार्चदेखि शुरु हुने इन्डियन प्रिमियर लिग(आइपीएल)को खेलहरू पनि खाली स्टेडियममा गराउने या नगराउने भन्ने बारे बीसीईसीआई विचार गरिरहेको भारतीय सन्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।  यस कुरामा फैसला शनिबार सम्म हुने ब्ताइएको छ ।

यता, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले देशको राजधानी दिल्लीमा हुने आइपीएल खेलमाठो रोक लगाएका छन् । यस घोषणाको बारेमा दिल्ली सरकारका उप-मुख्यमन्त्री मनिष सिसोदियाले एक प्रेस कन्फरेन्समा जानकारी गराएका हुन् । उनले कोरोना भाइरसको खतरालाई मध्यनजर गर्दै दिल्ली सरकारले यसो गरेको बताएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments