यसरी बन्न सकिन्छ अष्ट्रेलियामा नर्स

आइतवार, मंसिर २६, २०७३

loading...


अष्ट्रेलियामा नर्स बन्नका लागि धेरै उपायहरु छन् । तर तपाईले नर्सिङ शिक्षाको अध्ययन जुन देशबाट गर्नुभएको छ, त्यसले पनि फरक पार्दछ । तपाईको नर्सिङ अनुभब र पढाईको पहुँच अनुसार बेग्ला बेग्लै सुविधा र शैक्षिक अनुदान पाउन सक्नु हुन्छ । तर सुखद कुरा के हो भने अष्ट्रेलियामा नेपाल जस्तो साना देशका कलेजहरुमा नर्सिङ पढेका नर्सहरुलाई पनि उत्तिकै महत्व पाउँछन् ।

तर ती देशका नर्सहरुले आफ्ना कागजातहरु प्रमाणिकरण गरेर मात्र दर्ता प्रक्रियामा जान पाउँछन् । अष्ट्रेलियाको शिक्षा बोर्डले प्रमाणित नगरेका देशमा नर्सिङ अध्ययन गरेकाहरुले यहाँ पुनः कम्पीटेन्सी एसेसमेन्ट कोर्ष लिनुपर्ने हुन्छ । ८ हप्तादेखि ३ वर्ष अवधिसम्मका हुने यी कोर्षहरु अष्ट्रेलियाका कुनै अस्पतालमा गर्नुपर्छ ।

यस्ता विषयहरु सामान्यतया विश्वविद्यालयहरुले सञ्चालन गर्दछन्। तर राज्यबाट मान्यता प्राप्त केही कलेजहरुले पनि राज्यका नर्सिङ बोर्डहरूको आधिकारिक पाठ्यक्रम अनुसार यी कोर्षहरुमा भर्ना लिने गरेका छन् । ती कलेजहरुको अध्यापन पनि अष्ट्रेलिया सरकारद्धारा मान्यता प्राप्त छन् ।

सूरुमा आफूले कुन कोर्ष गर्न चाहेको हो, त्यसबारेमा खुलाएर मान्यता प्राप्त स्टेट नर्सज बोर्डमा आवदेन दिनुपर्छ । त्यहाँबाट तपाईको आवेदन स्वीकृत भएमा कम्पीटेन्सी एसेसमेन्ट कोर्षमा भर्ना हुने बाटो खुल्छ । यी सबै प्रक्रिया गर्न ३ महिना देखि १८ महिनासम्म लाग्न सक्छ । यदि यो कार्यक्रमका लागि तपाईको आवेदन स्वीकृत भयो भने तपाईले अष्ट्रेलियामा ६ महिनाभित्र रजिस्टर्ड नर्सका रुपमा काम गर्न पाउनु हुनेछ । तर यी कोर्षहरु तपाईको योग्यता र कम्पीटेन्सी एसेसमेन्ट कोर्षमा निर्भर रहन्छ ।

एकपटक दर्ता र्भसकेपछि वर्किङ भीसाका लागि आवेदन भर्न सकिन्छ । तर यसका लागि पनि कम्तीमा ४ वर्षका लागि तपाईको भीसा स्पोन्सर गरिदिने नर्सीङ बोर्डबाट मान्यताप्राप्त रोजगारदाता आवश्यक पर्दछ । वर्किङ भीसा प्राप्त गरेको दुई वर्षपछि यहाँको स्थायी वसोवास अर्थात पीआरका लागि आवेदन दिन सकिन्छ ।

552 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv