नर्समाथि हातपातदेखि यौन हिंसासम्मः युथ नर्स संजाल नेपाल

मङ्लबार, असार १२, २०७५



असार । युथ नर्स संजाल नेपालले मानव अंग प्रत्यारोपण केन्द्र हाल धर्मभक्त अंगप्रत्यारोपण केन्द्रमा नर्सहरूमाथि अन्याय गरिएको अरोप लगाएको छ । रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरेर पत्रकार सम्मेलन गरेर केन्द्रमा भएका विकृतिबारे आवाज उठाउने नर्सहरूमाथि मानसिक र शारीरिक यातना दिइएको आरोप लगाइएको हो ।

पत्रकार सम्मेलनमा पीडित नर्सले भक्तपुरको दूधपाटीमा रहेको धर्मभक्त अंगप्रत्यारोपण केन्द्र प्रशासनले नर्सहरूमाथि सबैखाले शोषण गरेको आरोप लगाइन् । १८ महिनासम्म स्वयं सेवकको रूपमा काम गरेका नर्सहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट जागिर दिलाइयोस भन्ने माग राख्दा प्रशासनले दमन गर्न थालेको युथ नर्स संजाल नेपालकी अध्यक्ष सजना द्यौलाले बताइन् ।

लामो समय स्वयम् सेवकको रुपमा काम लगाइएका नर्सहरूलाई जागिरको व्यवस्था गर्न आग्रह गरेका कारण सुरु भएको विवादले अहिले उग्र रुप लिएको छ । ‘नर्सहरूप्रति गरिएको अभद्र व्यवहार, मानसिक यातना, कार्यस्थलमा हिंसा, कुटपिट जस्ता अपराध गर्ने गराउने व्यक्ति तथा संस्था र हकअधिकारको लागि पेशागत संघ संस्थाहरूबाट गरिएको अमानवीय चरित्र दमन, शोषण आरोप प्रत्यारोपको घोर भत्र्सना गर्दछौँ ।’ युथ नर्स संजाल नेपालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

धर्मभक्त अंगप्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरूलाई प्रशासनले अनावश्यक दमन र शोषण गर्ने गरेको आरोप लगाइएको छ । आफ्ना समस्याबारे नेपाल नर्सिङ संघलाई जानकारी गराई समाधान गर्न आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको पत्रकार सम्मेलनमा सहभागी नर्सहरूको गुनासो छ ।

257 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank