प्रधानमन्त्रीको तस्बिर विगारेर फेसबुकमा राख्ने नेता रिहाईको माग गर्दै नेविसंघद्वारा विद्यालय बन्दको घोषणा

आइतवार, कार्तिक २५, २०७५



काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर विगारेर फेसबुकमा राख्ने नेविसंघका नेता पक्राउ परेपछि नेपाल विद्यार्थी संघले काभ्रेका सम्पूर्ण विद्यालय बन्दको घोषणा गरेका छन् ।

तपेश्वर उच्च माध्यामिक विद्यालयको नेविसंघका इकाइ सभापति कृष्ण ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले टाउको तस्वीर कुकुरसँग जोड्दै फेसबुकमा पोष्ट गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । ढकालको रिहाईको माग गर्दै नेपाल विद्यार्थी संघले २५ र २६ गते सबै विद्यालय बन्द गर्ने घोषणा गरेको हो ।

ढकाललाई रिहा गर्न माग गर्दै नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले भने २६ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्काजाम गर्ने  कार्यक्रम सार्वजनिक गरेको नेपाल विद्यार्थी संघ काभ्रेका सभापति नृपेश वादेले जानकारी दिए ।

ढकालको घटनाको अनुसन्धान भइरहेको उनी बिरुद्ध साइबर क्राइमको मुद्धाको तयारी गरेको प्रहरीले जनाएको छ ।

158 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank