नेविसंघ तदर्थ समिति अध्यक्षमा ढुङ्गाना मनोनित

बिहिबार, माघ १६, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समिति अध्यक्षमा राजीव ढुङ्गाना मनोनित भएका छन ।  पार्टी सभापति शेर बहादुर देउवाले लामो समय देखी रिक्त नेविसंघको तदर्थ समितिको अध्यक्षमा ढुङ्गानालाई मनोनित गरेका हुन ।

गत शुक्रबार कांग्रेस शिर्ष नेतृत्वबीच भएको छलफलले सभा पति देउवाले नै तदर्थ समिति गठन गर्ने सम्बन्धी सहमति भएको थियो ।  १२७ जनाको तदर्थ समिति बनाउने निर्णय कांग्रेसले गरेको छ ।  देउवाले मनोज वैद्य (काठमाडौं) र महेश्वरी कुँवर (पाल्पा) लाई नेविसंघको महामन्त्रीमा मनोनीत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments