आमरण अनशनका क्रममा नेविसंघका दुई समूहबीच झडप

सोमवार, माघ १३, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा दुई समूहबीच झडप भएको छ ।  नेविसंघको नेतृत्वका लागि ३२ वर्षीय उमेर हदबन्दि हुनु पर्ने माग राख्दै आमरण अनशनमा बसेमा पूर्वमहामन्‍त्री कुन्दन काफ्ले समूह र अर्काे देउवा समूहका विद्यार्थीबीच सोमबार झडप भएको हो ।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा दुई पक्षबीच हातपात भएपछि तनाव उत्पन्न भएको थियो ।  डेढ महिना देखि धर्नामा बस्दै आएका काफ्ले समुहबाट पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठी अनसनमा बसेका छन्। असन्तुष्ट पक्ष विधानमा तोकिए अनुसार ३२ वर्ष मुनिकै उमेर समूहबाट तदर्थ नेतृत्व  छानेर महाधिवेशनमा जानुपर्ने माग गर्दै आएकाे  छ  भने देउवा पक्ष उमेर हदलाई वास्ता नगर्दै उमेर ढल्किसकेका करिब ५० वर्षीय राजीव ढुङ्गानाको नाम अध्यक्षका लागि अघि सारेसँगै नेविसंघमा तनाव बढ्दै गएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments