‘नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन एनआरएनको महत्वपूर्ण भूमिका’

शुक्रबार, अशोज २७, २०७४

loading...


काठमाडौँ । नेपाली भाषा, साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउन गैरआवासीय नेपाली संघ (एनआरएन)को महत्वपूर्ण भूमिका रहेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र गैरआवासीय नेपाली संघ (एनआरएन)को सहकार्यमा आज आयोजित ‘नेपाली डायस्पोरिक कविताको वर्तमान अवस्था विषयक काव्य विमर्श तथा विशेष गोष्ठी’मा सहभागी वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

साहित्यकार एवं प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउन एनआरएनले प्रतिष्ठानसँग सहकार्य गर्नु राम्रो कामको थालनी भएको बताए ।

“नेपाल बाहिर रहेका नेपाली सर्जकको पुस्तक छापेर प्रतिष्ठानले पनि डायस्पोरिक साहित्यको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ”, उद्दले भने ।

एनआरएनका पूर्व अध्यक्ष उपेन्द्र महतोले संसारकै सबैभन्दा राम्रो भाषा, साहित्य, धर्म, संस्कृति भएको मुलुक नेपाल भएको भन्दै यसलाई व्यापकरूपमा अन्तर्राष्ट्रियस्तरमा फैलाउनु जरुरी रहेको बताए । “देशको आर्थिक विकास भएमात्र भाषा, साहित्य, धर्म, संस्कृतिको विकास हुन्छ”, उनले भने ।

एनआरएनका अर्का पूर्व अध्यक्ष जिवा लामिछानेले एनआरएनको स्थापना गर्दा नेपालको भाषा, धर्म, संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउने उद्देश्य लिएकाले एनआरएनले प्रज्ञा–प्रतिष्ठानसँग समन्वय गरी अगाडि बढेको बताए । “म एनआरएनको अध्यक्ष हुँदा नै मैले नेपाली साहित्यको विकासका लागि प्रतिष्ठानसँग समझदारी गरेको हुँ”, उनले भने ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लामो समयदेखि नेपाली भाषा र साहित्यको विकासमा लागेको प्रतिष्ठान आगामी दिनमा पनि विभिन्न साहित्यिक संस्थासँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

एनआरएन भाषा तथा साहित्य कार्यदलका संयोजक विश्वास दिपतिगेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा, विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष सागर श्रेष्ठ, प्रज्ञा–प्रतिष्ठान काव्य विभाग प्रमुख डा अमर गिरीलगायतले एनआरएनले छोटो समयमा धेरै काम गरेको भन्दै नेपाली भाषा र साहित्यलाई विभिन्न भाषाको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा फैलाउनुपर्नेमा जोड दिए ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक राम्जी तिमल्सिनाले नेपाली डायस्पोरिक काव्य विमर्शसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने विदेशमा रहेर नेपाली साहित्यको विकासमा लागेका कवि तथा कवयित्रीले कविता वाचन गरेका थिए । रासस

227 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv