चर्चित ‘नोत्रे दाम कथिड्रल’ चर्चमा लागेको भीषण आगलागी नियन्त्रण बाहिर(भिडियोमा हेर्नुहोस् !)

मङ्लबार, बैशाख ३, २०७६



प्यारिस । सोमबार राती  ८५० वर्ष पुरानो  चर्चित ‘नोत्रे दाम कथिड्रल’ चर्चमा भीषण आगलागी भएको छ । आगोले चर्चको माथिल्लो भाग खरानी बनाएकाे तथा छाना पूर्ण रुपमा ध्वस्त बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

notre-dame-11-epa-er-190415_hpEmbed_3x2_992

सन् १२६० मा  निर्मित उक्त कथिड्रलमा लागेको आगो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू प्रयासरत छन् । र्चका थप कला कृति क्षति हुन नदिन अग्निनियन्त्रकहरु खटिइरहेका हुन्  । यद्यपि, नियन्त्रणको प्रयास सफल भएको छैन ।

CaptureNOTREDAME 42

फ्रान्सको इतिहास र सभ्यता बोकेको चर्चमा कसरी आगो फैलियो भन्ने खुलेको छैन । यद्यपि, जीर्णोदारको काम भइरहेकाले यसको सम्बन्ध आगलागीसँग  हुनसक्ने अनुमान गरिएका छन् ।  पेरिसको अभियोजनकर्ताको कार्यालयले घटनाबारे अनुसन्धान थालेको बताएको छ ।notre-dame-fire-1

आगलागीलगत्तै चर्च पुगेका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले इतिहासमा क्षति पुगेकाे भन्दै आगलागीप्रति दुःख व्यक्त गरेका छन् । उनले फ्रान्सेलीहरुले हातेमालो गरेर चर्चलाई पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएका छन् ।

 

‘यो चर्च हाम्रो इतिहास हो । यसलाई हामी सबै फ्रान्सेली मिलेर पुरानै अवस्थामा पुर्याउने छौं’, राष्ट्रपति म्याक्रोनले चर्चमा भएको क्षतिबाट स्तब्धहरुलाई सान्त्वना दिँदै भनेका छन् ।

920x920 ct-paris-notre-dame-cathedral-fire-what-we-know-20190415

आगोले निम्त्याएको विध्वंस हेर्न हजारौँ प्यारिसवासी र पर्यटकहरू सडकमा  छन्।

notre-dame-11-epa-er-190415_hpEmbed_3x2_992

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank