सार्वभौमिक मताधिकारको बारेमा छलफल शुरु गर्न सम्भव छैन- क्यारी लाम

मङ्लबार, अशोज २८, २०७६



एजेन्सी । हंगकंगकी नेत्री क्यारी लामले अहिलेको अवस्थामा हंगकंगमा सार्वभौमिक मताधिकारको बारेमा छलफल गर्न थाल्नु सम्भव नभएको बताएकी छिन् । उनका अनुसार यसका लागि युरोपेली संघका प्रतिनिधीसँग आपसी छलफल गरि  राष्ट्रिय जन कांग्रेसले संवैधानिक कदम चाल्नु पर्ने हुन्छ ।

इयुको एक आन्तरिक रिपोर्टका अनुसार तब मात्र समाजमा ध्रुवीकरण सम्भव छ जबसम्म हंगकंगका जन्ताहरूले त्यसलाई स्वीकार्ने छन् । इयुद्वारा तयार गरिएको एक रिपोर्टमा आगामी जिल्ला परिषद चुनाव संस्थापन पक्षका लागि ठूलो पराजय बोकेर आउने सम्भावना रहेको छ ।

अक्टोबर ८ तारिखका दिन युरोपियन युनियन कार्यालयबाट हंगकंग र मकाउलाई पठाइएको उक्त कागजातले शहरका प्रमुख कार्यकारी तथा ईयु कार्यालयका प्रमुख, कार्मेन क्यानो बीचको एक घण्टा लामो बैठकको विषयवस्तु विस्तारमा वर्णन गरिएको छ ।

लामले  अहिलेको अवस्थाप्रति बोल्दै कथित रूपमा चर्चा गरेर केहि प्राप्त नहुने बताइएकी छिन । सार्वभौमिक मताधिकार सरकार विरोधी प्रदर्शनकारीहरूको पाँच मुख्य माग मध्ये एक हो। यसलाई लामले पूर्णतया अस्विकार गरेकी छिन ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले भारत र नेपालको भ्रमण सम्पन्न गर्दै फर्कने क्रममा चीन विभाजन गर्न खोज्ने  प्रयासलाई ‘किचिएका शरीर र भाँचिएका हड्डीहरू’ मा बदल्ने चेतावनी दिएसँगै लाम पनि राष्ट्रपतिको भाषा ओकेल्न थालेकी हुन् ।

हंगकंगमा अमेरिकी र युरोपियनहरूको मनसुवालाई कुनै पनि हालतमा सफल हुन नदिने लामको पछिल्लो धारणाले हंगकंगको आन्दोलन विचित्रको मोडमा उभिन पुगेको छ । राष्ट्रपति सीको कडा अभिव्यक्तिसँगै चीन समर्थित लामले हंगकंगका आन्दोलनकारीसम्म नरम भाषामा  कडा संदेश पुर्याएसँगै हंगकंगको आन्दोलनको भविष्य अनिश्चित बन्न पुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata