पर्याप्त प्रहरी दरबन्दी नहुँदा सुरक्षामा चुनौती 

सोमवार, जेष्ठ २६, २०७७

- दीपक राज जाेशी



बझाङ। भौगोलिक विकटता रहेको बझा जिल्लामा पर्याप्त प्रहरी नहुँदा सुरक्षा व्यवस्था मा चुनौती देखा परेकाे छ । जनसमुदायका घरदैलोमा प्रहरी सेवाको अपेक्षा गरिरहेका बेला दरबन्दी अनुसार प्रहरी नहुँदा अप्ठ्यारो परेको जिल्ला प्रहरी कार्यालयका कार्यालय बझाङ प्रमुख प्रहरी नायव उपरीक्षक गणेश बमले जानकारी गराएका छन् ।
सुदूरपश्चिम प्रदेशभरि क श्रेणीको इलाका प्रहरी कार्यालय नभएको जिल्ला मध्ये बझाङ मात्र पर्दछ । जहाँ प्रहरी निरीक्षकको दरबन्दी हुने गर्दछ । विडम्बना यहाँ हालसम्म इलाका प्रहरी कार्यालयमा सो दरबन्दी रहेको छैन ।
हाल जिल्ला भरि ३७४ को सङ्ख्यामा प्रहरीको दरबन्दी रहेको जसमा ३७ जना रिक्त रहेकोप्रहरी नायव उपरीक्षक बमले बताएका छन । उनका अनुसार थप  जनशक्ति स्थापनाका लागि पटक पटक सुरक्षा समितिको बैठकमा कुरा उठाएको भए पनि सम्बोधन हुन नसकेकाे गुनासाे गरे ।
हाल कोरोना भाइरस महामारीसँग सम्बन्धित निर्माण गरिएका क्वारेनटाइनमा प्रहरीले  गस्तीबाट सुरक्षा दिई रहेको छ । दरबन्दी भएकाहरु पनि अन्य जिल्लामा काज सरुवा भएका छन् ।  जिल्लामा २५ स्थानमा प्रहरी युनिट रहेका छन् । यस समयमा प्रहरीको थप सक्रियता आवश्यक रहेको स्थानीय माग छ ।

प्रहरीलाई खबर गरेको समयपछि पनि समयमै सम्बन्धित ठाउँमा प्रहरी पुग्न नसकेको स्थानीयको गुनासो रहेकाे छ । यातायात र जनशक्ति पूर्ति नहुँदा समस्या देखा परेकाे प्रहरीकाे भनाइ रहेकाे छ । त्यै पनि सूचना प्राप्त भएपछि गाउँका बस्तीमा मोटरसाइकलमा सम्बन्धित स्थानमा प्रहरी पुग्ने गरेको जानकारी दिए  प्रहरी नायव निरीक्षक बमकाे भनाइ रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments