नर्वेको मस्जिदमा गोली प्रहार

आइतवार, साउन २६, २०७६



एजेन्सी । उत्तर युरोपेली देश नर्वेको एउटा मस्जिदमा गोली प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार भएको गोली प्रहारबाट एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार आक्रमणकारीले स्थानीय अल नूर इश्लामिक सेन्टरमा गोली प्रहार गरेका थिए। गोली हान्ने व्यक्ति अन्दाजी २० वर्षका नर्वेजियन नागरिक हुन् ।  शंकास्पद सो व्यक्तिको घरमा एक जना महिला मृत भेटिएको प्रहरीले जनाएको छ ।  मृत फेला परेकी महिला गोली हान्ने व्यक्तिको आफन्त हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

आक्रमणकारीले दुई वटा शटगन र एक पेस्तोल बोकेका थियो । केही महिना अघि न्यूजिल्याण्डको एउटा मश्जिदमा भएको गोली प्रहारमा ५१ जनाको मृत्यु भएको थियो  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata