भीआईपी हिरासत बन्यो अस्पताल

मङ्लबार, कार्तिक १९, २०७६



प्रहरीले पक्राउ गरेको ६ दिनपछि निवर्तमन सभामुख कृष्णबहादुर महरा एकाएक बिरामी परे । श्वासप्रश्वासको समस्या देखियो । रक्तचाप उच्च भइदियो । मुटुको जाँच गराउनुपर्यो । उनी नर्भिक इन्टरनेसनल अस्पतालमा २५ दिन बसे ।

संघीय संसद् सचिवालयकी एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उनी १९ असोजमा पक्राउ परेका थिए । उनी २३ असोजमा अस्पतालमा भर्ना भए ।

“अस्पतालको क्याबिनमा बसेर उहाँले उपचार गराउनुभएको हो ।” अस्पतालका नायब महाप्रबन्धक आरपी मैनाली भन्छन् । यसअघि उनीजस्ता नेता एवं उच्च पदस्थ व्यक्ति (भीआईपी) अस्पतालको सघन उपचार कक्ष (आईसियु) मा बसेका थिए ।

गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले, जयप्रकाशप्रसाद गुप्ता, श्यामसुन्दर गुप्तालगायत नेता अस्पताल भर्ना भएका थिए । उद्योगी प्रदीपजंग पाण्डे र पूर्वसहसचिव चूडामणी शर्मा अभियोग लागेपछि अस्पतालमै बसे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata