उत्तर कोरियामाथि नयाँ प्रतिवन्ध लगाउन चीन र अमेरिकाबीच छलफल

बुधबार, जेष्ठ १७, २०७४



काठमाडौं । उत्तर कोरियाको मिसाइल परीक्षणमाथि प्रतिबन्ध लगाउनका लागि अमेरिका तथा चीनमा छलफल भइरहेका छन् । संयुक्त राष्टसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले यस हप्ता चीन र अमेरिकाले उत्तरमाथि प्रतिवन्धको फैसला गर्नसक्ने बताए ।

हेलीका अनुसार चीन प्योङयाङ माथि आफ्नो व्यवहारमा बदलाव गर्नका लागि दबाब बनाउँदै छ । साथै उत्तर कोरियामाथि सम्भावित प्रतिवन्धलाई लिएर चीन अमेरिकासँग कुराकानी गरिरहेको छ ।

हेलीले भनेका छन्,‘हामी चीनमाथि दबाब बनाएर राख्छौं र उनको साथ काम पनि गरिरहेका छौं । र, हामीलाई आशा छ यस हप्ता चीनले फैसला लिने छ । उत्तर कोरियामाथि प्रतिवन्ध लगाउनका लागि अमेरिका र चीनमा कुराकानी भइरहेको छ ।

आशा छ की यस हप्ता उत्तर कोरियाको मिसाइल कार्यक्रममा प्रतिवन्ध लगाउनका लागि दुवै देश कुनै फैसला गर्न सक्ने छ । यो जानकारी संयुक्त राष्ट्रसंघमा अमेरिकी राजदूत निक्की हेलीले बताएका हुन् । उत्तर कोरियाले तीन हप्ताभन्दा कम समयमा तीन पटक मिसाइल परीक्षण गरिसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments