उत्तर कोरियामाथि साइबर हमला गरी २ अर्ब डलर चोरेको आरोप

बुधबार, साउन २२, २०७६



एजेन्सी । उत्तर कोरियामाथि साइबर हमला गरी २ अर्ब डलर चोरेको आरोप लगाइएको छ ।

उत्तर कोरियाले उच्चस्तरका साइबर आक्रमण गर्दै आफ्ना हातहतियार परियोजनाका लागि झन्डै दुई अर्ब डलर अवैध रूपमा जुटाएको आरोप गोप्यरुपमा  राष्ट्रसंघीय प्रतिवेदनले  लगाएको स्रोतलाई उदृत गर्दै बीबीसीले समाचार लेखेको छ ।

 राष्ट्रसंघको गोप्य टोलीले वित्तीय संस्था तथा क्रिप्टोकरेन्सी भनिने डिजिटल मुद्रा सटही गर्नेहरूसँग करिब ३५ वटा साइबर आक्रमणबारे अनुसन्धान गरिरहेको थियो । सोहि अनुसन्धानको आधारमा उत्तर कोरियामाथि २ अर्ब डलर चोरेको आरोप लागेको हो ।

अमेरिका र दक्षिण कोरियालाई चेतावनी दिने उद्देश्यले उत्तर कोरियाले पछिल्लो समयमा लगातार क्षेप्यास्त्र परीक्षण गरिरहेको छ । उत्तरकोरियाले पछिल्लो १३ दिनहरुमा ४ पटकमा ८ वटा मिसाइल प्रक्षेपण गरिसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata