जापानको आकाशमा मिसाईल आक्रमण सैन्य कार्वाहीको पहिलो कदमः उत्तर कोरिया

बुधबार, भदौ १४, २०७४



काठमाडौं । उत्तर कोरियाले भनेको छ,‘जापानको आकाशमा मिसाइल आक्रमणलाई प्रशान्त क्षेत्रमा सैन्य कारवाहीको ‘पहिलो कदम’ हो ।

उत्तर कोरियाली कारवाहीलाई भविष्यमा हुने अन्य कारवाहीको संकेतको रुपमा हेरिएको छ । उत्तर कोरियाको सरकारी सञ्चार माध्यम पनि प्रशान्त महासागरमा अमेरिकी द्वीप गुआममाथि लगातार धम्की दिइरहेको छ ।

मंगलबार उत्तर कोरियाली मिसाइल जापानी द्वीपमाथि बाट गएपछि समुन्द्रमा खसेको थियो । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियाको कारवाहीको एक सुरमा आलोचना भएको थियो ।

मंगलवार न्यूयोर्कमा सुरक्षा परिषद्ले उत्तर कोरियाको मिसाइल टेस्ट भड्काउनेवाला कारवाही बताएको थियो ।
तर सुरक्षा परिषदको भनाइमा उत्तर कोरियामाथि कुनै नयाँ प्रतिवन्धको कुनै व्यवस्था गरिएको छैन ।

उत्तर कोरियाले हालसालको महिनामा संयुक्त राष्ट्रसंघीय प्रतिवन्धका वावदूद बार–बार मिसाइल परिक्षण गरिएको थियो ।

यसै सिलसिलामा मंगलबार उत्तर कोरियाले प्योगयांग नजिकबाट अर्को परीक्षण गरेको छ । उत्तर कोरियाई मिसाइलले २७ हजार किलोमिटरको दूरी तय गरेको थियो र जापानको पूवी तटबाट ११८० किलोमिटर टाढा खसेको थियो ।

बीबीसीका अनुसार यो मिसाइल असामान्य रुपमा कम उचाइबाट खसेको थियो । उता जापानले आफ्नो द्वीपम सुरक्षा एलर्ट जारी गर्न परेको थियो । प्रधानमन्त्री सिन्जो आवेदे यसलाई अप्रत्याशित, महत्वपूण र गम्भीर चेनावानी भनेका थिए ।

बीबीसी हिन्दीबाट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments