‘सी अफ जापान’मा उत्तर कोरियाले गर्यो दुई वटा मिसाइल प्रक्षेपण

बिहिबार, साउन ९, २०७६



एजेन्सी । बिहिबार एकाबिहानै उत्तर कोरियाको राजधानी सिउलदेखि ४३० किमीको दूरीमा रहेको सी अफ जापान(पूर्वी समुन्द्र)मा मिसाइल प्रक्षेपण  गरेको  समाचारले कोरिया-जापान आतंकित भएको छ । दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले उत्तर कोरियाले दुईवटा  छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको बताएका पश्चात अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले यस खबरलाई विशेष स्थान दिएका छन् ।

बिहान ५ः३४ बजे र ५ः५७ बजे मिसाइल प्रक्षेपण गरिएको दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले जनाइएको छ । उत्तर कोरियाले पूर्वी शहर वोन्सान नजिकैबाट सो प्रक्षेपण गरेको विवरणमा उल्लेख छ । प्रक्षेपणको दृश्य हेर्न उत्तर कोरियाली नेता किम जोङ्ग उन सहभागी भए नभएको खुलेको छैन ।

Map

जापानका रक्षामन्त्रीले भने सो प्रक्षेपण जापानको पानी सम्म नपुगेको र त्यसले तत्कालै कुनै राष्ट्रिय सुरक्षामा असर नपर्ने जनाएको छ ।  साथै कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियालाई त्यस्ता गतिविधि रोक्न आग्रह गरेको छ ।

आगामी अगस्ट महिनामा दक्षिण कोरीया र  अमेरिकाबीच सैनिक अभ्यासको योजना सार्वजनिक भएपछि त्यसको आक्रोशमा उत्तर कोरियाले आज मिसाइल प्रक्षेपण गरेको हुनसक्ने अनुमान गरिएको  छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments