अमेरिकाले चोरेको पानीजहाज फिर्ता ल्याउँछौ: उत्तर कोरिया

बिहिबार, जेष्ठ २, २०७६



प्योङयाङ । गत साता अमेरिकी न्याय मन्त्रालयले वाइज अनेस्ट नाम गरेको पानीजहाज इन्डोनेशियाको जलक्षेत्रबाट कब्जामा लिइएको थियो ।  प्योङ्याङले अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेको दाबी गर्दै अमेरिकाले १७ हजार टन भार भएको उत्तर कोरियाली कोइला बोक्ने सो पानीजहाज नियन्त्रणमा लिएको थियो ।

फ्द्सद्फ्स्द

 North Korean Wise Honest Cargo Ship.

अवैधानिक किसिमले आफ्नो ५८१ फुट लामो पानीजहाज चोरेको आरोप लगाउँदै तत्काल फिर्ता गर्न उत्तर कोरियाले माग गरेको छ । उत्तर कोरियाले अमेरिकाको यो कदम सन् २०१८ मा राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच भएको सहमतिको मर्मविपरित भएको भन्दै आपत्ति जनाएको छ ।

उत्तर कोरियाली विदेश मन्त्रालयले अमेरिकाले आफ्नो देशलाई अधिकतम दबाव दिएर आत्मसमर्पण गराउने प्रयास गरेको आरोप लगाएको छ । उत्तर कोरियाली विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बल प्रयोग गरेर उत्तर कोरियलाई नियन्त्रणमा राख्न सकिन्छ भन्ने अमेरिकाले ठानेको भए त्यो ठूलो गल्ती हुनेछ ।’

प्रतिबन्ध उल्लंघन गरेको भन्दै अमेरिकाले उत्तर कोरियाको जहाज कब्जामा लिएको यो पहिलो घटना हो । दुई देशका नेताहरुबीच गत वर्षको १२ जुन र गत फेब्रुअरी २७ र २८ मा वार्ता भएपनि कुनै निष्कर्षमा पुग्न सकेको भने थिएन ।

किम र ट्रम्प

उत्तर कोरियाका नेता किम जोङ–उन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच गत फेब्रुअरीमा भियतनामको हनोइमा दोस्रो शिखर वार्ता भएको थियो । सो वार्तामा उत्तर कोरियाले उसको परमाणु योजना परित्याग गर्नुपर्ने अडान अमेरिकाले राखेको थियो । तर उत्तर कोरियाले परमाणु कार्यक्रमबाट पछि हट्नका लागि अमेरिकाले लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाउनुपर्ने अडान राखेको थियो । सो विषयमा कुरा नमिलेपछि वार्ता निष्कर्ष बिहीन बनेको थियो ।

अमेरिकासँगको वार्ता असफल भएपनि उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम पुनः शुरु गर्ने संकेत दिएको छ । गत सातामात्रै उत्तरले दुई पटक छोटो दुरीका हतियार परीक्षण गरिसकेको छ। त्यसलाई उत्तर कोरियाले अमेरिकालाई दबाव सिर्जना गर्न चालेको कदमका रुपमा लिएका छन् । तर अमेरिकाले पानीजहाज कब्जामा लिने कदम र अस्त्र परीक्षणबीच कुनै सम्बन्ध नभएको बताएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank