के उत्तर कोरिया युद्धको लागि आतुर भएकै हो ?

मङ्लबार, भदौ २०, २०७४



काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि अमेरिकाकी राजदूत निकी हेलीले, हालै क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन युद्धका लागि आतुर रहेको बताएकी छन् ।

न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को एक आपत्कालीन बैठकमा हेलीले अमेरिका युद्ध नचाहने तर उसको धैर्यको पनि एउटा सीमा रहेको बताइन् ।

उत्तर कोरियामाथि थप कडा प्रतिबन्ध लगाउनका लागि अमेरिकाले संयुक्त राष्ट्रसंघमा नयाँ प्रस्ताव पेश गर्ने भएको छ । उत्तर कोरियाका मुख्य सहयोगी देश चीनले वार्ताबाट समाधान खोज्नुपर्ने बताउँदा स्विट्जरल्यान्डले मध्यस्थताको प्रस्ताव गरेको छ ।

यसैबीच दक्षिण कोरियाले पाँचवटा सैन्य अभ्यास गरेर उत्तरको आणविक ठेगानामा आक्रमणको पूर्वतयारी ग–यो ।
समाचारमा आएअनुसार उत्तरले थप क्षेप्यास्त्र परीषणको तयारी गरिरहेको छ । आइतवार उत्तर कोरियाले जमीनभित्र एक हाइड्रोजन बम परीक्षण गरेको थियो ।

निकी हेलीले चाहिँ कूटनीतिक माध्यमबाट समस्या समाधानका लागि उत्तरमाथि अत्यन्तै कडा प्रतिबन्ध लगाउन माग गरेकी छन् ।

बीबीसीबाट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments