क्राइस्ट भन्दा २०० वर्ष जेठो जीवित रुख भेटियो, इतिहासको आँखीझ्याल सावित

मङ्लबार, बैशाख ३१, २०७६



एजेन्सी । अमेरिकाको नर्थ क्यारोलिना स्थित ब्ल्याक वाटर वन सिमसार क्षेत्रमा २६ सय वर्ष पुरानो ‘बाल्ड साइप्रेस(Bald Cypress)’ प्रजातिका रुख फेला परेको छ । युनिभर्सिटी अफ अर्कन्ससका डेभिड स्तहको नेतृत्वमा वैज्ञानिकहरुको एक टोलीले सञ्चालन गरेको अनुसन्धानमा सो प्रजातिका रुख सामूहिक रुपमा फेला परेका हुन्  । अमेरिकाको नर्थ क्यारोलिना स्थित ब्ल्याक वाटर वन सिमसार क्षेत्रमा फेला पारिएका ती रुखहरु मध्ये एउटा रुख आश्चर्यजनक रुपमा २ हजार ६ सय २४ वर्ष अगाडिको रहेको पत्ता लागेको हो, जसलाई पृथ्वीका सबैभन्दा पुराना जिवित रुखहरु मध्येको एक मानिएको छ  । सो रुख जिजस क्राइस्टको जन्म भन्दा दुई शताब्दी अगाडिको रहेको  बताइएको छ ।

Fifth Oldest Tree

ब्लाड साइप्रस उत्तर अमेरिकाको दक्षिणतर्फ पाइने प्रजाति हो । जसको आधा भाग पानीमा भएपनि यो रुख बढिरहन सक्छ । पानी निरोधक यस रुखको काठ निकै मुल्यवान मानिन्छ ।अवैध रुपमा यस रुखको तस्करी पनि बढिरहेको  छ । ३० मिटरसम्म अग्लो हुने यस रुख वर्षमा १८ इन्चसम्म बढ्ने गर्दछ ।

जोर्नल ‘इन्भारोमेन्टल रिसर्च कम्युनिकेसन’ मा प्रकाशित सो अध्ययनपछि ब्लाड साइप्रेस पूर्वी उत्तर अमेरिकाको सबैभन्दा पुरानो रुख भएको खुलासा भएको छ । विज्ञहरुका अनुसार सो रुख पृथ्वीमा सबैभन्दा लामो समय जिवित सिमसार रुखको प्रजाति हो ।

वास्तवमा डेभिडको टोलीले यसलाई २०१७ मै फेला पारेको थियो जसपछि तिनका ११० नमुनाहरु ‘रेडियो कार्बन डेटिङ’ र ‘ट्रि रिङ’ मार्फत उमेर पत्ता लगाउन परीक्षणका लागि लगिएको थियो । यसैबीच उनीहरुले अहिले मात्र तिनको निश्चित उमेर पत्ता लगाएका हुन् । यसअघि डेभिडकै नेतृत्वमा गरिएका अनुसन्धानमा ब्लाड साइप्रेस रुखहरु १७,०० वर्ष सम्मको हुने अनुमान गरिएको थियो । तर पछिल्लो  नतिजापछि भने यी रुखहरु अझ धेरै समय अगाडिदेखि जिवित रहँदै आएको पाइएको छ ।

डेभिडका अनुसार सो क्षेत्रको गहिराइमा यस प्रकारका अझ पुराना रुखहरु धेरै सङ्ख्यामा हुन सक्छन् । यो नयाँ खोजले सो क्षेत्रमा रुखबिरुवाहरुको संरक्षणलाई पनि बढावा दिने बताएका छन् । उनले भने, “पुराना ब्लाड साइप्रस रुखहरु भएको क्षेत्र मैले सोचेको भन्दा १० गुणा ठूलो रहेछ । हाम्रो अनुमानमा त्यहाँ यस प्रकारका अझै धेरै रुखहरु छन् । यसरी हजारौँ पुरानो रुख अझै जिवित रुपमा उभिरहेको दृश्य वास्तवमै अस्वभाविक थियो । तर यो प्रजाति पनि अत्यन्तै संवेदनशील मानिन्छ किनकी काठको लागि यिनलाई व्यापक रुपमा विनाश गर्ने गरिएको छ । यस्तोमा ब्लाड साइप्रेसको जङ्गल क्षेत्र अब एक प्रतिशत भन्दा कम मात्र बचेको छ । “

यी रुखहरुको उमेर पत्ता लगाउने क्रममा ती रुखहरुको परीक्षण गर्दा औपनिवेशिक कालमा उत्तर अमेरिकामा सुख्खापन र बाढी आएको कुराको पनि खुलासा भएको छ । इतिहास अध्ययनकर्ताहरुलाई यस रुखको अन्वेषण  इतिहासको आँखीझ्याल  सावित भएको छ ।  औपनिवेशिक कालको अध्ययनमा एउटा खुड्किलो थपिएको छ । अत्यन्तै क्रुर वातावरण बीच पनि सकुशल रहन सकेकोमा डेभिडका टोलीले आश्चर्यचकित परेका  छन् ।

विश्वव्यापी रुपमा २ हजार वर्ष भन्दा लामो समयसम्म जिवित रहने रुखहरु अत्यन्तै दुर्लभ भइसकेका छन् । अझैपनि बाँचिरहेको बिरुवामा यो रुख पृथ्वीकै सबैभन्दा पुरानो हुन सक्ने बताइएको छ । यसअपिघ सिएरा जुनिपर (२,६७५ वर्ष), जायन्ट सेक्वेया (३,२६६ वर्ष), एलर्स (३,६२२ वर्ष ) र ग्रेड बासिन ब्रिस्टलकोन (५,०६६ वर्ष) लगायतका रुखहरु सबैभन्दा लामो समय जिवित रहेका थिए ।

Oldest Trees List

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank