दुई कोरियाली उच्चस्तरीय अधिकारीबीच भेटवार्त हुँदै

मङ्लबार, जेष्ठ १, २०७५



सोल । उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बैठक बुधबार दक्षिण कोरियातर्फ पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा बस्ने भएको छ । उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल सोमबारमात्र चीन पुगेको समाचारमा जनाइएको थियो ।

उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित सो प्रतिनिधिमण्डलले चीन भ्रमण गरेलगत्तै यता उत्तर र दक्षिण कोरियाली उच्चस्तरीय बैठक पनि आयोजना गर्ने सहमति भएको अर्को समाचार आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ । त्यसअघिका अरु उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुको बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ ।

सोही बैठकको पूर्व सन्ध्यामा भएको उत्तर कोरियाली नेताको चीन भ्रमणलाई पनि अर्थपूर्ण भ्रमणका रुपमा लिइएको छ । उत्तर कोरियाली नेता उन पनि केही दिनमात्र अघि चीन पुगेका थिए ।

उनले गएको दुई महिनायता यो दोस्रो पटकसम्म चीनको भ्रमण गरेका हुन । दुई महिना यताको यो पनि एक उच्चस्तरीय भ्रमण नै रहेको अधिकारीहरुले जनाएका छन् ।

गत अप्रिल २७ मा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच उच्चस्तरीय बैठक भएको थियो ।

उक्त बैठकमा भएको शान्ति सम्झौताका साथै अरु सहमतिको कार्यान्वयनका लागि बुधबार दुई कोरियाबीच यो बैठक बस्न लागेको बताइएको छ ।

उक्त बैठक मन्त्रीस्तरमा हुने बताइएको छ । दक्षिण कोरियाका राष्ट्रिय एकता मन्त्रीले सो बैठकमा सहभागिता जनाउने बताइएको छ ।

विश्वकै चासो र प्रतिक्षाको उक्त विषयको अन्त्य भएको भन्दै सिंगापुरमा हुने अमेरिका उत्तर कोरिया वार्ता कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि महत्वपूर्ण कदम हुने अपेक्षा पनि गरिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको अमेरिकाले जनाएको छ । यसका लागि उत्तर कोरियाले आफ्नो थुनामा रहेका अमेरिकी नागरिकलाई पनि रिहा गरिसकेको छ ।

सो वार्ताको पूर्व सन्ध्यामा अमेरिकी राष्ट्रपति ट्रम्पले एसियाली विभिन्न देशका नेताहरुसँग फोनवार्ता गरेका थिए । उनले दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनसँग पनि गत आइतबार फोनवार्ता गरेका हुन् ।
गत अप्रिल महिनामा भएको सो शान्ति सम्झौता र सहमतिको कार्यान्वयनका लागि भन्दै सो बैठकको आयोजना गरिएकोले उत्तर र दक्षिण कोरियाबीच वार्ताप्रति आशा जागेको छ ।

45 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank