प्रतिलिटर चार रुपैयाँका दरले डिजेल, पेट्रोल र मट्टितेलको मुल्य बढ्यो

आइतवार, पुस ३, २०७३

loading...


काठमाडौ । नेपाल आयल निगमले इन्धनको मुल्य प्रतिलिटर साढे ४ रुपैया बढाएको छ । निगमले आइतबार राती १२ बजेदेखी लागु हुनेगरी मुल्य बढाएको हो ।

‘निगमका प्रवक्ता भानु खनालले भारतिय आयल निगम (आइओसी)ले पठाएको नयाँ मूल्यसूचि अनुसार प्रतिलिटर पेट्रोल, डिजेल र मटितेलमा ४ रुपैयाँ ५० बढाएको बताए । उनले‘नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागु हुने बताए ।

नयाँ मूल्य लागु भएपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ ५० पैसा, डिजेल र मटितेल ७७ रुपैयाँ ५० पैसा पर्नेछ । यसअघि प्रतिलिटर पेट्रोलको मुल्य ९७ रुपैयाँ, डिजेल र मटितेल ७३ रुपैयाँ थियो ।

खनालका अनुसार आइओसीले खुद्रा मुल्य बढाएकाले यहाँ मूल्य बढेको हो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने यथावत राखेको छ ।

अन्तर्राष्ट्रिय बजारमा ग्यास र हवाई इन्धनको मूल्यमा वृद्धि नभएकाले मूल्य यथावत राखेको जनाएको छ । हाल खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य १३ सय २५ रुपैयाँ छ ।

835 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv